Section 20
बेरोजगार सहायता कार्यक्रम
(१) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बेरोजगार सहायताको लागि देहाय बमोजिमको कार्यक्रम गर्नेछ:- (क) रोजगारीको अवसर सम्बन्धी सूचना उपलब्ध गराउने, (ख) रोजगारमूलक तथा सीपमूलक तालीम प्रदान गर्ने, (ग) बैङ्क तथा वित्तीय संस्था मार्फत्‌ स्वरोजगारको लागि सहुलियतपूर्ण करण उपलब्ध गराउने, (घ) स्वरोजगार सृजना गर्ने, (ङ) तोकिए बमोजिमका अन्य कार्यक्रम गर्ने। (२) उपदफा (१) बमोजिमको बेरोजगार सहायता कार्यक्रम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।